Logo

मनोरञ्जन

अभिनेता सैफअली खान अस्पताल भर्ना



मुम्बई । बलिउड अभिनेता सैफअली खान कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् ।

उनको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएपछि अस्पताल भर्ना भएका हुन् । उनका साथ अभिनेत्री पत्नी करीना कपूर खान पनि उपस्थित छिन् ।उनको घुँडा र काँधमा फ्याक्चर भएको छ । जसकारण उनलाई सोमबार बिहानै अस्पताल भर्ना गरिएको हो ।

यद्यपि उनको चोटको वास्तविक कारण खुलेको छैन । कतातिरको काँधमा फ्याक्चर भएको हो भन्ने खुलेको छैन । सैफ घाइते भएको पहिलोपटक होइन ।

यसअघि उनले सन् २०१६ मा फिल्म ‘रंगून’को सेटमा चोटको सामना गरेका थिए । त्यो समयमा उनको औंलामा चोट लागेको थियो । औंलामा चोट लाग्नासाथ उनलाई तुरुन्तै कोकिलाबेन अस्पतालमा भर्ना गरिएका थियो । त्यो बेला उनका सामान्य सर्जरी गरिएको थियो ।

त्यस्तै फिल्म ‘क्या कहना’को एक दृश्यका लागि सैफले एक बाइक स्टन्ट गरेका थिए । त्यो खतरनाक स्टन्ट गर्नका लागि सैफ दिनहुँ जुहूबीचमा स्टन्टको प्रशिक्षण लिएका थिए ।

उनले सुटिङका क्रममा मोटरसाइकल तिब्र कुदाएर स्टन्ट दिए । त्यो बेला बाइक माटोमा चिप्लियो । सेफ हावामा ३० पटक पल्टदै चट्टानमा बजारिएका थिए ।

उनको टाउको एक ठूलो ढुंगामा ठोक्किएका थियो । उनी त्यहाँबाट उठ्दा अनुहार रगतले पोतिएका थियो । त्यसपछि उनलाई तुरुन्त अस्पताल लगियो । उनको टाउकोमा झण्डै सय टाँका लगाइएको थियो । –दैनिक भास्कर

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ३ : ३८ बजे