Logo

अर्थ

अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको छ : गर्भनर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकिङ प्रणाली चुनौतीपूर्ण रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बैंकिङ प्रणालीमा रिकभरीको चुनौती रहेपनि विस्तारै अर्थतन्त्रमा देखिएका उत्तारचढाबहरुबाट समाधान हुँदै जाने बताएका हुन् ।

उनले समग्र अर्थतन्त्रलाई कतिपयले नकारात्मक रुपले हेर्ने गरेको साथै निर्माण सुस्त भएका कारण ठूला उद्योगमा असर परेको भएता पनि अर्थतन्त्र सोचेजति नकारात्मक नभएको दावी गरे ।

गर्भनर अधिकारीले बाह्य क्षेत्रको सुधारले हामीलाई थप हौसला मिलेका भन्दै भने, ‘बाह्य क्षेत्रको सुधारले हामीलाई थप हौसला मिलेको छ । समग्र माग चाहीं अलिक कमजोर भइरहेको छ । हाम्रो अर्थतन्त्रमा जसको फलस्वरुप प्रचुर रुपमा माग भएको छैन् । माग छैन भन्दैमा जथाभावी दिनपनि भएन ।’

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  २ : २५ बजे