Logo

Breaking News 1

नेप्से ५४.५४ बढ्दा परिसूचकसँगै कारोबार रकम पनि बढ्याे



काठमाडाैं । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार नेप्से ५४.५४ अंकले बढेको छ । 

कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । परिसूचक २१७५.१७ विन्दुमा बन्द भएको छ । यो ६ महिनायताकै उच्च विन्दु हो । ६ महिनाअगाडि साउन ८ गते नेप्से २२ सय विन्दुमा थियो । हिजो (सोमबार) नेप्से २१२० विन्दु कायम थियो ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ३ : ५५ बजे