Logo

Breaking News 1

वेल्स मोडल स्कुलमा विस्फोट, एक जना गम्भिर घाइते!



झापा । बिर्तामोड नगरपालिकाको वडा नम्बर– ७ मा रहेको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भिर घाइते भएका छन् ।
स्कुलले आज आयोजना गरेका खेलकूद कार्यक्रमको सजावटका लागि बेलुन फुलाउन प्रयोग गरिएकोे हाइड्रोजन ग्यास भरिएको सो सिलिन्डर विस्फोट हुँदा भारतीय नागरिक ५५ बर्षिय गणेश सहनी घाइते भएको प्रहरीले जनाएको छ ।


घटनामा परी सहनीको शरिरको तल्लो भाग क्षतबिक्षत भएको सो वडाका वडाध्यक्ष अविरलकृष्ण खरेलले जानकारी दिए ।
उनको उपचारको लागि विएण्सी मेडिकल कलेज पठाइएको छ । घाइतेको अवस्था चिन्ताजनक रहेको सो वडाका वडाअध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए । वडा अध्यक्ष खरेलका अनुसार घाइतेको कम्मर मुनिको भाग क्षतबिक्षत् अवस्थामा छ । विस्फोटबाट उनको खुट्टा चुँडिएर झरेको छ ।


सहनी हरेक समारोहमा बेलुल फुलाउने काम गर्दै आएका थिए । भारतको सिलिगुडीबाट उनलाई सोही कामको लागि ल्याइएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  २ : ३९ बजे