Logo

समाचार

वंश समाज आफ्नो पहिचान खोज्ने दस्तावेज हो : पूर्वअध्यक्ष रेग्मी



काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले रेग्मी वंश समाज अरु सचेत वर्गको आफ्नो पहिचान खोज्ने दस्तावेज बनेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कौशिक गोत्रीय रेग्मी बन्धु समाजको दोस्रो वार्षिक साधारणसभामा बोल्दै उनले छोटो समयमा रेग्मी समाजले राष्ट्रव्यापी आकार र वंशको राष्ट्रिय स्वरुप नेपाली समाजको अगाडि राख्नु ठुलो उपलब्धि रहेको भन्दै अरु सचेत वर्गको आफ्नो पहिचान खोज्ने दस्तावेज समेत बनेको बताएका हुन् ।

उनले भने,‘छोटो समयमा रेग्मी समाजले राष्ट्रव्यापी आकार र वंशको राष्ट्रिय स्वरुप नेपाली समाजको अगाडि राख्न सक्यो त्यो सामान्य उपलब्धी होइन् । वंशावली जुन बनेको छ । त्यो एउटा पुँजी हो । यसले सबैलाई आफ्नो पहिचान स्थापित गरौं भन्ने प्रेरणा प्रदान गरेको छ । अरु सचेत वर्गलाई पनि पहिचान खोज्ने र योगदान पु¥याउने एउटा दस्तावेज बन्यो । यो आफैमा अपूर्ण छ तर पूर्णता दिनलाई स्वयम् खोजी गर्ने र खोजी गराउने प्रेरणा दिने भयो ।’

उनले रेग्मी वंशको योगदानलाई सानो नसम्झी समग्र पक्षको समाजिक मूल्य, संस्कृति र परम्परालाई अक्षुण राख्न आग्रह गरेका छन् ।

रेग्मी वंशको पुर्खाले दरबारदेखि देश, शासन प्रशासन देखेभोगेको प्रज्ञा र प्रज्ञतालाई नजिकबाट नियालेका हुनाले रेग्मी वंशको योगदानलाई सानो नसम्झी समग्र पक्षको समाजिक मूल्य, संस्कृति र परम्परालाई अक्षुण राख्न आग्रह गरेका हुन् ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ४ : १६ बजे