Logo

अर्थ

विदेशी मुद्रा सञ्चिति १७ खर्ब ६७ अर्ब नाघ्यो



काठमाडौँ । गत मंसिर महिनामा मुलुकको कुल विदेशी विनिमय (मुद्रा) सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो १४.८ प्रतिशतले बढेको हो ।

गत असारमा कुल विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो । ‘अमेरिकी डलरमा यस्तो सञ्चिति ०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा ०८० मंसिर मसान्तमा १३.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ३१ करोड पुगेको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

कुल विदेशी मुद्रा सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ थियो । गत मंसिरसम्ममा यो १५.६ प्रतिशतले बढेर १५ खर्ब ५६ अर्ब २५ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा गत मंसिर मसान्तमा ८.९ प्रतिशतले बढेर २ खर्ब १० अर्ब ७९ करोड कायम भएको छ ।

गत मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ६ : ४१ बजे