Logo

कोशी

हात्तीको आक्रमणमा वृद्धको मृत्यु



विराटनगर । जंगली हात्तीको आक्रमणमा परी सुनसरीमा बिहीबार एकजनाको मृत्यु भएको छ ।

सुनसरी बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जंगल नजिकै हात्तीको आक्रमणमा परी स्थानीय ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जंगलबाट घाँस लिएर फर्कने क्रममा उनीमाथि हात्तीले आक्रमण गरेको थियो ।

आक्रमणबाट विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

विष्टको शव परीक्षणका निम्ति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

केही सातायता सुनसरी, मोरङ र झापामा जंगली हात्तीको आक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ ।

तीन साता यता यी तीन जिल्लाका कम्तीमा सातजनाको हात्तीको आक्रमणमा परी ज्यान गइसकेको छ ।

समूहमा रहेका हात्तीहरु गाउँ प्रवेश गरी घरसहित धनमाल नष्ट गर्ने, बाली नाली खाइदिने गरेपछि गाउँलेले रातभरि जाग्राम बसेर हात्ती धपाउने गरिरहेका छन् ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ६ : २३ बजे