Logo

कोशी

सामुदायिक विद्यालयहरुमा योग प्रशिक्षण



विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ ले वडाभित्रका सामुदायिक विद्यालयहरुमा विद्यार्थीका लागि योग प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । पहिलो चरणमा चारवटा सामुदायिक विद्यालयमा योग कार्यक्रम शुरु गरिएको हो ।

वडाध्यक्ष राम पोखरेलका अनुसार योगका माध्यमबाट विद्यार्थीमा बौद्धिक क्षमता अभिबृद्धि गर्ने र शारीरिक रुपमा स्वस्थ राख्ने उद्देश्यले प्रशिक्षण सुरु गरिएको हो ।

पहिलो चरणको कार्यक्रमअनुसार स्थानीय ज्ञान निकुञ्ज आधारभुत विद्यालयमा ५ दिने योग शिविर सम्पन्न गरिएको छ ।

पतञ्जली योग समिति मोरङ र महिला पतञ्जली योग समिति मोरङसँगको सहकार्यमा शुरु भएको हो । तर, सुशिक्षा निकुञ्ज विद्यालयमा भने माघ ७ देखि १२ गते योग प्रशिक्षण शिविर सञ्चालन हुनेछ ।

यसैगरी, महेन्द्र माविमा माघ १३ देखि १८, र मदरसा तालिमुल कुरानमा माघ २० देखि २५ गतेसम्म योग शिविर सञ्चालन गरिने वडाध्यक्ष पोखरेलले जानकारी दिए ।

शिविरका अवसरमा योगका प्रशिक्षकहरुले विद्यार्थीलाई योगबाट हुने फाइदाबारे जानकारी दिंदै यसको अभ्यास सिकाउने गरेका छन् ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  १२ : १९ बजे