Logo

Breaking News 1

कांग्रेसको कार्यसम्पादन समिति बैठक शनिबार बस्ने



काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।

बिहीबार पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत बैठकबारे जानकारी दिएका हुन् ।

बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार छनोटका विषयमा छलफल गर्ने कांग्रेसको तयारी गरेको छ ।

निर्वाचन आयोगले पुस २३ गते उमेदवारी दर्ताको मिति तोकेको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ४ : ३५ बजे