Logo

समाचार

मिनी म्याथनको उपाधि स्काइ र सुस्मितालाई



विराटनगर । ११ किलोमिटर दूरीको मिनी म्याराथन उपाधि स्काइ लिम्बू र सुस्मिता राईले जितेका छन् ।

झापामा आज आयोजित ‘देवी मावि मिनी म्याराथन’ मा १३४ जना धावकहरुको सहभागिता थियो ।

धुलाबारी मोडबाटसुरु भएको मिनी म्याराथनमा मिक्लाजुङ ३ पाँचथरका लिम्बूले निर्धारित दूरी ३९ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन् ।

त्यस्तै, भद्रपुर २ की राईले ५५ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ च्याम्पियन बनिन् ।

उपाधिसँगै लिम्बू र राईले समान २१ हजार नगद, मेडल र प्रमाणपत्र जितेका छन् । त्यस्तै, पुरुषतर्फ धावक फिदिम १० पाँचथरका मुक्साम लिम्बूले ३९ मिनेट १३ सेकेन्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरे । शिवसताक्षी ३ का समिर कन्दङवाले ४० मिनेटमा दौड पूरा गर्दै तेस्रो भए ।

दोस्रो भएका लिम्बूले १५ हजार, मेडल र प्रमाणपत्र र तेस्रो भएका कन्दङवाले ११ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

महिलातर्फ बुद्धशान्ति ५ की सरिता दनुवारले निर्धारित दूरी ५८ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै दोस्रो र अर्जुनधारा ११ की सिमना जवेगूले निर्धारित दूरी १ घण्टा १ मिनेट १३ सिकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् ।

दोस्रो भएकी दनुवारले १५ हजार, मेडल र प्रमाणपत्र पाउँदा तेस्रो भएकी जवेगूले ११ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछिन् ।

विजेताहरुलाई पुस १९ गते विद्यालयमा हुने वार्षिकोत्सवको कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिनेछ ।

प्रतियोगितामा महिला तथा पुरुष गरी १३४ जना धावकहरुले सहभागिता जनाएका थिए ।

झापा, बिर्तामोडको देवी माध्यमिक विद्यालयले आफ्नो ६१ औँ वार्षिकोत्सव अवसरमा प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक अम्बिका श्रेष्ठले जानकारी दिइन् ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ११ : ५८ बजे