Logo

मुख्य समाचार

यस्ताे छ आजकाे माैसम



काठमाडौं । अहिले नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ ।

बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको विभागले जनाएकाे छ ।

दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

पहाडी भू–भागमा आंशिक बदली हुने, कोसी, वाग्मती र गण्डकी प्रदेशमा हिमपात तथा तराईमा हुस्सुरकुहिरोका कारण हुने चिसोबाट बच्न आवश्यक उपाय अपनाउन विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ६ : ३८ बजे