Logo

Breaking News 1

शुभकामना सन्देशमा प्रदेशको नाम नै छुटेपछि कोशीका मुख्यमन्त्री आलोचित



विराटनगर । तमु ल्होसारको अवसरमा दिएको शुभकामना सन्देशमा प्रदेशको नाम नै छुटेपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की आलोचित भएका छन् ।

आइतबार गुरुङ समुदायले तमु ल्होसार मनाउँदैछन् । कोशीका मुख्यमन्त्री कार्कीले पनि शुभकामना सन्देश जारी गरे । सन्देशको दायाँ भागमा ‘बिराटनगर नेपाल’ मात्र लेखिएको शुभकामना सन्देश सञ्चार माध्यमहरुलाई पठाइएको थियो । कार्कीको आफ्नै सामाजिक सञ्जालमा पनि पोष्ट भयो ।

तर प्रदेशको नाम नदेखेपछि प्रश्न उठ्यो । सामाजिक सन्जाल प्रयोगकर्ताले ‘कुन प्रदेशको मुख्यमन्त्री ?’ भन्दै प्रश्न गरे । पहिचान पक्षधरले भने प्रदेशको नाम नलेखी शुभकामना सन्देश जारी गरेको भन्दै खुसी व्यक्त गरे ।

लगतै अर्को शुभकामना सन्देश जारी भयो, जसमा प्रदेशको नाम पनि समावेश भयो । स्रोतका अनुसार मुख्यमन्त्री कार्की काठमाडौंमा छन् । सचिवालयले तयार पारेको शुभकामना सन्देश कार्कीलाई पनि पठाइएको थियो । त्यसलगतै सार्वजनिक भयो । तर आलोचना भएपछि उनलाई जानकारी गराएर फेरि सच्याइएको हो ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  २ : ५८ बजे