Logo

खेलकुद

प्रिमियर लिगमा सिटीको जित



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ ।

शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो । सिटीलाई जिताउन रोड्रिले १४ औं तथा जुलियन अल्भारेजले ६१ औं मिनेटमा गोल गरेका थिए । जितसँगै सिटी १९ खेलबाट ४० अंकका साथ तालिाको तेस्रो स्थानमा छ ।

पराजित भएको सेफिल्ड भने पुछारमा रहेको छ ।

यसैगरी  शनिबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने नटिङघम फरेस्टसँग २–१ गोलले पराजित भएको छ । पहिलो हाफ गोलरहति बराबरीमा सकिएको खेलमा निकोलस डोमिनगुएजले गोल गर्दै ६४ औं मिनेटमा नटिङघमलाई अग्रता दिलाएका थिए । ७८ औं मिनेटमा मार्कस रासफोर्डले युनाइटेडलाई बरबरीमा ल्याए । तर, ८२ औं मिनेटमा मोर्गन गिब्सले गोल गर्दै नटिङघमको जित पक्का गराए । जितसँगै नटिङघम तालिकाको १५ औं स्थानमा छ भने पराजित भएको युनाइटेड ७ औं स्थानमा रहेको छ ।

यसैगरी अन्य खेलमा चेल्सीले लुटनलाई ३–२ ले पराजित गर्दा एसटन भिल्लाले बर्नलेमाथि ३–२ कै जित निकालको छ । क्रिष्टल प्यालेसले बे्रन्टफोर्डमाथि ३–१ को जित निकाल्दा वुल्भ्सले एभर्टनलाई ३–० ले स्तब्ध बनायो ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ११ : ३५ बजे