Logo

Breaking News 1

नेपाली हवाई क्षेत्रमाथिको प्रतिबन्ध चाँडै हट्छ : मन्त्री किराती



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले, सरकारले नेपाली हवाई क्षेत्रलाई कालो सूचीबाट हटाउन आवश्यक पहल भइरहेको दोहोर्याएका छन् ।

नागरिक उड्डयन बैठकमा उनले नेपाली हवाई क्षेत्रलाई कालो सूचीबाट हटाउन प्रधानमन्त्रीको तहबाट नै आवश्यक पहल भइरहेको बताए ।

‘कालोसूचीबाट हटाउनका निम्ति म स्वयम् सम्बन्धित निकायको कर्मचारी र प्रधानमन्त्री पनि लागेको हुनाले, पहिला के कति कारणले कालोसूचीमा नेपाललाई राखिएको थियो भन्नेबारे डिटेल कागजपत्र प्राप्त गरेपछि १२ वटा बुँदामा समस्याहरु देखाएर कार्यान्वयन गर्ने बाटोमा हामी गएका छौं ।’ उनले भने ।

उनले सरकारले कालो सूचिबाट हटाउन आवश्यक काम थालेको र चाँडै सफलता प्राप्त हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ५ : ३१ बजे