Logo

Breaking News 1

नेपाली युवक कोरियामा सुतेकै अवस्थामा मृत भेटिए



विराटनगर । रोजगारीका लागि दक्षिण कोरियामा रहेका झापाको बुद्धशान्ति गाउँपालिकाका एकजना युवा मृत अवस्थामा भेटिएका छन् ।

बुसानस्थित एक कम्पनीमा कार्यरत बुद्धशान्ति–३ कञ्चनबारीका ३० वर्षीय पदम न्यौपाने सुतेकै अवस्थामा मृत भेटिएको खबर आएको उनका आफन्तले जनाएका छन् ।

पाँच वर्षअघि इपिएस कामदारको रुपमा उनी दक्षिण कोरिया पुगेका थिए । गत वर्ष उनी विदामा केही समयका लागि घर आएर फर्किएका थिए ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ११ : ३९ बजे