Logo

मुख्य समाचार

कस्ताे रहला आज माैसम ?



काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा बाँकी तराई भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम हुस्सुरकुहिरो लागेको छ ।

विभागका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : १८ बजे