Logo

मुख्य समाचार

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने



काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेकाे विभागले जनाएकाे छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले राति कोसी र वाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ६ : ३८ बजे