Logo

Breaking News 1

प्रधानमन्त्री कप महिला क्रिकेटः कर्णालीको लगातार चौथो हार



काठमाडौं । काठमाडौं जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेटमा कर्णाली प्रदेशले लगातार चौथो हार बेहोरेको छ ।

आज सोमवार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली लुम्बिनी प्रदेशसँग ३० रनले पराजित भयो ।

लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्यो । कर्णालीका लागि गौरी बोहराले सर्वाधिक २२ रन बनाइन् ।

बलिङतर्फ लुम्बिनीकी सरस्वती पुन र कृतिका मरासिनीले समान २ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३३ रन बनायो । लुम्बिनीका लागि कप्तान सरस्वती जीएमले नट आउट ५३ रन बनाइन् ।

बलिङतर्फ कर्णालीकी यमुना थारु, रश्मी खड्का र तृसना विश्वकर्माले समान १ विकेट लिइन् ।

कर्णालीको ४ खेल हार्दै तालिकाको पुछारमा छ । लुम्बिनी ४ खेलमा ४ अङ्क जोड्दै तालिकाको पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  २ : २८ बजे