काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले युवा शक्ति बाहिर जाने क्रम बढ्दा मुलुकलाई क्षति भइरहेको बताएका छन् ।
आज काठमाडौंमा आयोजित विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘हामीसँग भएको क्षमता शक्ति बाहिर जाँदा मुलुकलाई क्षति भइरहेको छ । कुनै पनि देशको समग्र जनसंख्याभित्र युवा जनशक्तिको हिस्सा धेरै हुन्छ । देशले विकास गर्ने समय त्यही नै हो । त्यही समयमा नै देशले आर्थिक विकास गर्न सक्छ’ उनले भने, ‘त्यसकारण हाम्रो देशको विकास हुने समय पनि यही हो ।’
एउटा बच्चालाई कस्तो बनाउने भन्ने कुरा विद्यालय, परिवार र समाजको हातमा हुने उल्लेख गर्दै मन्त्री साउदले क्षमतावान जनशक्ति समाजमा निर्माण गर्न सके राज्यको काममा पनि परिणाम राम्रो हुने बताए ।
‘अहिलेको नयाँ पुस्ताको प्रवेश कर्मचारीतन्त्र र राज्य व्यवस्थामा जरुरी छ’ उनले भने ।
प्रतिक्रिया