Logo

Breaking News 1

मैले लिएको भनिएको १ करोड ऋण तिर्न पाऊँ : रवि लामिछाने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि निरन्तर प्रहार भइरहेको बताएका छन् । उनले पोखरामा आफूमाथि भएको मकैको खोया प्रहारसमेत ‘वेल प्लान्ड’ जस्तो देखिएको उनको भनाइ छ ।

सोमबार नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिका लागि रास्वपाको दबाब यात्राका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले आफू सदस्य नै नभएको सहकारीबाट १ करोड ऋण लिएको भनेर गलत प्रचार गरिएको दाबी गरे । आफूले १ करोड ऋण लिएको प्रमाण चाहिने उनको भनाइ छ ।

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि सो क्रममा आलोचना गरे । गृहमन्त्रीलाई आफूले सुन तस्करको सूचना दिएपनि संरक्षण गर्ने काम गरेको उनको दाबी थियो ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  १२ : ३५ बजे