Logo

समाचार

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु



रामेछाप । बीपी मार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–३ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान काठमाडौंबाट खोटाङ आउँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख ४५९३ नं को बसले बा ६० प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक हलेसी तुवाचुङ नगरपालिका–२ खोटाङका ४५ वर्षीय कुमार राई र खोटाङकै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० की १८ वर्षीय मुना राईको घटनास्थलमै मृत्यु भएको सुनुकोसी गाउँपालिका–३ का वडाध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिए ।

दुर्घटनापछि आक्रोशित स्थानीयले मोटरसाइकललाई ठक्कर दिने बस जलाइदिएको पनि उनले बताए । घटनाबारे थप आवश्यक अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ११ : २४ बजे