Logo

Breaking News 1

निजामती कर्मचारीको भन्दा शिक्षकले बढी तलब पाउनु पर्छ : पूर्व शिक्षा मन्त्री पौडेल



काठमाडौं । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजामती कर्मचारीको तुलनामा कम्तिमा एक रुपैयाँ भएपनि शिक्षकको तलब बढी हनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उनले, राज्यले निजामती कर्मचारीको तुलनामा ‘एक रुपैयाँ भएपनि’ शिक्षकको तलब बढी राख्न नसके शिक्षा प्रणली सुधार नहुने बताएका हुन् ।

उनले भने, ‘ एक रुपैयाँ भए पनि शिक्षकको तलब बढी हुनुपर्छ भन्ने पक्षमा छु म । एक रुपैयाँ ठूलो कुरा होइन राज्यले त्यसरी प्रोत्साहन नदिने हो भने शिक्षा प्रणाली सुर्धान सकिँदैन ।’
उनले शिक्षकले उठाएका माग एक पटकका लागि अन्तिम भनेर भए पनि सम्बोधन गर्न पर्नेमा जोड दिए ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ६ : ०८ बजे