Logo

समाचार

काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु



काठमाडौं । काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगपालिका वडा न.३२ खहरे बस्ने ४२ वर्षीय कुमार आचार्यको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका आचार्यको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  २ : १८ बजे