Logo

समाचार

विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित पक्राउ



काठमाडौं । देशका विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित पक्राउ परेका छन् । कञ्नपुरको भीमदत्त नगरपालिका वडा न.१८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २१ मिलिग्राम सहित सोही नगरपालिका–७ हल्दुखाल बस्ने १८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । यस्तै,वडा प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो । यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यस्तै, कञ्चनपुरकै बेदकोट नगरपालिका वडा न.६ सुडामा से.१ त ८९३० नम्बरको ट्याक्टरको ठक्करबाट सोही नगरपालिका–६ बस्ने बैतडी दोगडा केदार गाउँपालिका घर भएका असोक चन्दको छोरा ६ वर्षीय लव चन्दको शनिबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैगरी,रूपन्देहीको रोहिणी गाउँपालिका–३ धकधईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम र नियन्त्रित लागूऔषध डाइजेपाम लगायतका विभिन्न लागूऔषधसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी रूपन्देही, सैनामैना नगरपालिका–२ बिहानी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम र नगद ६ हजार रूपैयाँसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरज विक र २४ वर्षीय सुमन गौचन रहेका छन् । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै,मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सडकमा ना.७ ख ३११७ नम्बरको बसबाट अवैध लागूऔषध गाँजा ३ केजीसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बसका चालक सल्यान सारदा नगरपालिका–८ सिमपानी बस्ने ३१ वर्षीय राज कुमार ऐरी र सहचालक बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने २७ वर्षीय पर्वत दोर्जे योन्जन रहेका छन् । प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले ना.७ ख ३११७ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  २ : १५ बजे