Logo

Breaking News 1

डिजिटल प्लेटफर्मले सबैलाई अवसर दिएको छ : अर्थमन्त्री डा. महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पण छ भने डिजिटल प्लेटफर्म ठुलो सम्भावनाको क्षेत्र भएको बताएका छन् ।

सिआइएन युथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को उद्घाटन गर्दै उनले डिजिटल प्लेटफर्मले हरेक व्यक्ती र क्षेत्रलाई अवसर दिने बताए ।

आउँदा दिनमा आईटी नीति अझ सहज हुने जानकारी दिदैँ उनले नेपाली युवाहरुलाई जुन क्षेत्रमा काम गर्ने मन छ, त्यसमा सहजीकरण गर्न सरकार तयार रहेको बताए ।

उनले नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको भन्दै यसमा सरकारले सकेसम्म योगदान गर्ने बताए ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ३ : ३० बजे