काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले, स्वस्थ प्रतिष्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्रै विज्ञापन व्यवसायलाई प्रवर्द्धन गर्ने बताएकी छन् ।
नेपाल विज्ञापन सङ्घ (आन)को २४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले पारदर्शी विज्ञापन बजारले विज्ञापनदाता, मिडिया र व्यवसायी तीनै पक्षको हित गर्ने बताइन् ।
आर्थिक संकुचन मुलुकको समग्र आर्थिक क्षेत्र प्रभावित भएको र यसको मारमा विज्ञापन बजार पनि परेको उल्लेख गर्दै उहाँले विज्ञापन बजारमा संकुचन आउँदा विज्ञापन बजारमा कार्यरत जनशक्ति र मिडियामा समस्या आएको उनको भनाई छ ।
सञ्चार मन्त्रालय सम्हालेपछि मिडिया क्षेत्रबाट विज्ञापन बजार पारदर्शी भएन भन्ने ठूलो गुनासो सुनेपछि सरोकारवालासित छलफल गरेर विज्ञापन नियमावली संशोधनमार्फत विज्ञापन बजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने प्रक्रियाको थालनी गरेको उनको दाबी छ ।
प्रतिक्रिया