Logo

Breaking News 1

आर्थिक विकासका लागि डिजिटल रुपान्तरण आवश्यक : मन्त्री शर्मा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले, नेपालको आर्थिक विकासका लागि डिजिटल रुपान्तरण आवश्यक रहेको बताएकी छन् ।

लिभिङ विथ आइसिटीले आयोजना गरेको आइसिटी अवार्डको आठौँ सस्करणलाई सबोधन गर्दै मन्त्री शर्माले डिजिटल रुपान्तरण र डिजिटल इकोसिष्टम निर्माण आर्थिक विकासका आधार बन्न सक्ने बताइन् ।

त्यसका लागि सरकार आवश्यक नीतिगत, कानूनी र संरचनागत व्यवस्था गर्न लागेको बताएकी उनले सूचना तथा सञ्चार प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रुपमा लिएको दाबी गरिन् ।

यही वर्ष पहिलोपटक साइबर सुरक्षा नीति २०८० पारित गरेर त्यसलाई कार्यान्वयन गर्न साइबर कानुन निर्माण र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको पहल अघि बढाएको उनले बताइन्।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ५ : ३२ बजे