Logo

खेलकुद

टीआइए कप अन्तर स्कुल बास्केटबल आइतबारदेखि



काठमाडौं । ठुङराम इन्टरनेशनल एकेडेमीले आइतबारदेखि अन्तर स्कुल टिआइए कप बास्केटबल आयोजना गर्ने भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा स्कुलमा प्रधानाध्यापक उत्तमराज थापाले टीआइएले शिक्षा र खेलकुदसँगसँगै भन्ने उद्देश्यका साथ १५ औं संस्करणको अन्तर स्कुल सिनियर पुरुष र महिला बास्केटबल आयोजना गर्न लागिएको जानकारी दिए ।

आइतबारदेखि सुरुहुने प्रतियोगितामा छात्रतर्फ १४ र छात्रातर्फ १२ टिमले सहभागिता जनाउन लागेको पनि थापाले बताए ।

पुरुष र महिला टिमलाई चार चार समूहमा विभाजन गरिएको छ । समूह एमा पुरुष तर्फ टीआइए ‘ए’, निम्स, काठमाडौं भ्याली र इम्पेरियल वल्ड रहेका छन् ।

त्यसैगरी समूह बीमा विल्सन, मन्जरी र बीएमसीए रहेका छन् । समूह सीमा ग्रिनल्याण्ड, नेशनल युनाइटेड र जेनिथ रहेका छन् ।

त्यसैगरी समूह डी मा टीआइए ‘बी’, फ्यूजन, भ्याली पब्लिक र एचएचसीए रहेका छन् ।

महिलातर्फ समूह एमा टीआइए ‘ए’, हिमरश्मी, बीएनए रहेका छन् । त्यस्तै, समूह बीमा एससीआइबीस, निम्स, भ्याली पब्लिक रहेका छन् ।

समूह सीमा मन्जरी, ग्रीनल्याण्ड र एनसीसीएस रहेका छन् । त्यस्तै, समूह डीमा टीआइए ‘बी’, एचएचसीए र हिमालयन स्कुल रहेका छन् । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता आयोजनाका लागि ३ लाख बजेट खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  २ : ०२ बजे