Logo

खेलकुद

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः बागमतीले मधेश प्रदेशलाई दियो ११८ रनको लक्ष्य



काठमाडौं । बिहीबारदेखि सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ११८ रनको लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको बागमतिले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११७ रन बनायो ।

उसका लागि यशोदा बिष्टले सर्वाधिक ४७ रनको योगदान गरिन् । त्यस्तै, अस्मिना कर्माचार्य र हेलिसा गुरुङले क्रमशः ३० र १२ रन हिर्काए । अन्य खेलाडीले दाहोरो अंकमा रन जोड्न सकेनन् ।

मधेसका लागि पुजा महतो २ दुई तथा कबिता गौतमले १ विकेट लिइन् । अहिले मधेश प्रदेशले जवाफी ब्याटिङ गरिरहेको छ । ताजा अवस्थामा ५ ओभरको खेल सकिँदा १ विकेट गुमाएर १९ रन बनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ११ : ३५ बजे