Logo

Breaking News 1

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम अनुमोदन 



काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।

आज बसेको समितिको बैठकले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालकोको नाम अनुमोदन गरेको हो ।

यसअघि समितिमा उनीहरूको सुनुवाइ भएको थियो । समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १२ : २६ बजे