Logo

खेलकुद

इंग्ल्याण्डविरुद्धको बाँकी टी २० का लागि वेस्टइन्डिजको टिम घोषणा



काठमाडौं । वेस्ट इन्डिजले इंग्ल्याण्ड विरुद्धको अन्तिम दुई टी–२० खेलका लागि आफ्नो टोली घोषणा गरेको छ । जसमा अनुभवी ब्याट्सम्यान शिमरोन हेटमायर भने परेका छैनन् । उनको ठाउँमा जोनसन चाल्सलाई टिममा समावेश गरिएको छ । चाल्सले लामो समय पछि पुनरागमन गर्दैछन् । यसैगरी तीव्र गतिका बलर अल्जारी जोसेफलाई पनि आराम दिइएको छ ।

शिम्रोन हेटमेयरको पछिल्लो फर्म त्यति राम्रो छैन । जसका कारण उनी तेस्रो टी–२० खेल पनि खेल्न सकेनन् । पहिलो दुई खेलमा उनी नराम्ररी फ्लप भए । एकदिवसीय शृङ्खलाका तीन इनिङ्समा पनि उनले धेरै रन बनाउन सकेनन् र तीन इनिङमा ३२, ० र १२ रन बनाए । जसका कारण उनी टोलीबाट बाहिरिएका हुन् ।

फास्ट बलर अल्जारी जोसेफलाई आराम दिइएको छ । वेस्ट इन्डिजले पनि जनवरी १७ देखि अष्ट्रेलियाको भ्रमण गर्ने भएकाले उनी लिएर कुनै जोखिम लिन चाहँदैन । वेस्ट इन्डिजले अस्ट्रेलियासँग दुई टेष्ट, तीन एकदिवसीय र तीन टी–२० खेल खेल्नुपर्नेछ । अल्जारी जोसेफको स्थानमा ओशाने थोमसलाई अन्तिम दुई टी–२० खेलका लागि टोलीमा समावेश गरिएको छ । इङ्ल्यान्ड र वेस्ट इन्डिजबीच अहिले पाँच खेलको टी–२० सिरिज चलिरहेको छ, जसमा वेस्ट इन्डिजको टोली २–१ ले अगाडि छ । पछिल्लो खेलमा इङ्ल्यान्डसँग पराजित भएको थियो । इंग्ल्याण्ड विरुद्धको अन्तिम दुई टी–२० खेल्ने वेस्ट इन्डिज टोलीः रोभम्यान पावेल (कप्तान), शाई होप, जोन्सन चार्ल्स, रोस्टन चेस, म्याथ्यु फोर्ड, जेसन होल्डर, अकिल हुसेन, ब्रान्डन किङ, काइल मेयर्स, गुडाकेश मोती, निकोलस पूरन, आन्द्रे रसेल, शेर्फेन। रदरफोर्ड, रोमारियो शेफर्ड, र ओशाने थोमस ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ३ : ११ बजे