Logo

समाचार

अछाममा ब्रेक फेल भएर बस सडकमै पल्टियो, १३ जना घाइते



अछाम । मंगलबार दिउँसो अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । मङ्गलसेन नगरपालिका–६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो ।

हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका–३ का  कार्बु लामाले चलाएको भे १ च २५७६ नम्बरको  जिप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  २ : ४३ बजे