Logo

Breaking News 1

प्रधानमन्त्री दाहालले एक्सन रुमबाट हेरे सडक निर्माण, भन्छन्– ‘सन्तुष्ट हुन सकिएन’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ–मुग्लिन–पोखरा सडक निर्माणमा ढिला भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको एक्सन रूमबाट सोमबार अपरान्ह निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गरेका उनले काम ढिला र गुणस्तरको नभएको भन्दै असन्तुष्टि पोखे ।

सडकका लागि निर्माण सामग्री समयमै उपलब्धताको लागि सम्बन्धित निकायमा जानकारी आए सानातिना समस्या समाधान गर्न सकिने भन्दै उनले नियमित प्रतिवेदन दिनुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले समयमै दुई परियोजनाको काम सम्पन्न हुनुपर्नेमा जोड दिदै  फिल्डमै निरीक्षण गर्न जाने समेत उल्लेख गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जनतालाई काम गरेर देखाउने आफ्नो अन्तिम अवसर नै यही कार्यकाल रहेको उनले बताए ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ५ : ३५ बजे