Logo

Breaking News 1

बिना पूर्वतयारीका आयोजनाको टेन्डर हुँदैन : पूर्वाधारमन्त्री ज्वाला



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरकारले पूर्वतयारी नभएका आयोजनाहरुलाई ठेक्काको प्रक्रियामा अगाडि नलैजाने बताएका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति बैठकमा आइतबार बोल्दै उनले स्वाभाविकरूपमा आयोजनाहरु पूर्वतयारी नगरेर कतिपय पुरानो भार बोक्नुपरेको भन्दै यस्तो बताएका हुन् ।

बहुवर्षीय ठेक्का मापदण्डअनुसार आयोजनाहरूको ठेक्का लाग्न इआइए, आइएइ र डीपीआर पूरा हुन आवश्यक रहेको उनको भनाइ थियो ।

मन्त्री ज्वालाले आयोजनाहरूको रकमान्तर, भुक्तानी र समन्वयको समस्याबाट भौतिक पूर्वाधार मन्त्रालय पीडित रहेको पनि बताए ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ५ : ३० बजे