Logo

Breaking News 1

भन्सारमा ‘पुरस्कार व्यवस्था’ खारेजी माग, आजपाद्वारा विभाग घेराउ



काठमाडौं । आम जनता पार्टी (आजपा) ले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजी माग गरेको छ । उक्त माग पूरा गर्न दबाब दिने उद्देश्यले भन्सार विभाग घेराउ गरिएको छ ।

नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था ‘लुटकारी प्रावधान’ रहेको भन्दै आइतबार त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउन गर्दै खारेजीको माग गरिएको हो ।

त्यस कार्यक्रममा सहभागी बिल्लुप्रसाद यादवले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको लुट भइ जनताको हातमा नगएर सिधा कर्मचारीको गोजीमा गइरहेको भन्दै त्यसको विरुद्धमा आन्दोलन गर्नुपरेको बताए ।

आजपाले यसअघि गत असोजमा पनि त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको थियो ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  २ : ४६ बजे