Logo

Breaking News 1

अपेक्षाअनुसार परिणाम नआएपनि उकालो यात्रा प्रारम्भ भयो : लिङ्देन



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेपनि उकालो यात्रा प्रारम्भ भएको बताएका छन् । आफ्नो पार्टीले राज संस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग राख्नु असंवैधानिक होइन भन्ने कुरा स्थापित गराउन पनि सफल भएको उनको भनाइ छ ।

आइतवारबाट काठमाडौंमा शुरु भएको पार्टी केन्द्रिय कार्य समिति बैठकको उद्घाटन गर्दै उनले नेपालका राजासहितको प्रजातन्त्रको कुरा गर्नु, हिन्दु राष्ट्र पुनस्थापना र संघीयताको खारेजीको माग राख्नु अवैधानिक होइन भन्ने कुरा आफ्नो पार्टीले स्थापित गराएको बताए । 

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १२ : ४२ बजे