Logo

Breaking News 1

सरकारी सञ्चार माध्यमलाई सबै पक्षका लागि पठनीय बनाउन आवश्यक : मन्त्री शर्मा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमलाई प्रतिस्पर्धी र समयअनुसार सबल बनाउन अनिवार्य रहेको बताएकी छिन् ।

आइतवार गोरखापत्र संस्थानको अंग्रजी प्रकाशन दि राइजिङ नेपाल दैनिकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारी सञ्चार माध्यमलाई सरकारी मान्छेले मात्र पढ्नेखालको नभइ सबै पक्षका लागि पठनीय बनाउन आवश्यक रहेको बताइन् ।

सञ्चार माध्यमले इमानदार भएर काम गरे सरकारले आफ्नो काम र जिम्मेवारीप्रति इमानदारको प्रयास गर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ११ : ५४ बजे