Logo

धर्म / संस्कृति

आजको राशिफल २०८० पुस १ गते



काठमाडाैं । आज मिति २०८० पुस १ गते, आइतबार, १७ डिसेम्बर २०२३। मार्ग शुक्लपक्ष पञ्चमी तिथि। श्रवण नक्षत्र, ८ः०७ बजेपछि धनिष्ठा। चन्द्रराशि मकर, १९ः२० बजेपछि कुम्भ।

मेष राशि
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।

बृष राशि
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आस मारेको कामले उत्साह जगाउनेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ।

मिथुन राशि
श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला।

कर्कट राशि
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।

सिंह राशि
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ।

कन्या राशि
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

तुला राशि
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग होला।

बृश्चिक राशि
विशेष उपहार समेत हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

धनु राशि
नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

मकर राशि
बिछोडिएका आफन्तसँग भेटघाट होला। रोकिएको काम बन्न थाल्नेछ। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ।

कुम्भ राशि
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ।

मीन राशि
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ६ : १९ बजे