काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहार्ल प्रचण्ड’ले देशको संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस भइरहेको टिप्पणी गरेका छन् ।
ललितपुरमा आयोजित नवदुर्गा भवानी देवीको १२ वर्षे जात्रा समापन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री दाहालले देशमा एकथरि तत्वहरू सांस्कृतिक विविधता, संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस गरिरहेको भन्दै व्यवस्था उल्ट्याउन खोज्ने तत्वहरूविरूद्ध संघर्ष र प्रतिरोध गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले नवदुर्गा भवानी देवीको १२ वर्षे ऐतिहासीक जात्रा समापन घोषणा गर्न पाउँदा गर्व महशुस भएको बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रपछि १२ वर्षे ऐतिहासीक जात्रा समापन गर्ने आफु पहिलो प्रधानमन्त्री भएकाले यो इतिहासमा कहिल्यै पनि नमेटिने उनले दाबी गरे ।
प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्लाई मात्रै नेपालको राष्ट्रिय संवत् बनाउनुपर्नेमा जोड दिए ।
उनले विश्वका बिभिन्न देशमा संवद मनाउदा अन्तराष्ट्रिय र राष्ट्रिय दुई वटा नै मनाउने गरेको भन्दै चाँडै नेपाल संवत्लाई मात्रै नेपालको राष्ट्रिय संवत् बनाउने दाबी गरे ।
प्रधानमन्त्री प्रचण्डले सातदोबाटो देखि चाँपागाउँसम्मको सडक विस्तार गर्न आवश्यक देखिएको भन्र्दै सरकाले बाटो विस्तारमा पहल गर्ने प्रतिवद्धता जनाए ।

 
                                                                   
                    
                








 
                     
                     
                     
                    
प्रतिक्रिया