रुपन्देही । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तिलौराकोट संघीय गणतन्त्र र सभ्यता बिकासको जननी भुमि भएको बताएका छन् ।
डा.भट्टराईले प्राचीन तिलौराकोट विश्वको विकसित सभ्यतामध्ये एक रहेको बताए । तिलौराकोट दरबार क्षेत्रमा आयोजना गरिएको कपिलवस्तु विकास कोष गठनका लागि संकल्प प्रस्ताव कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले तिलौराकोटमा भएको विभिन्न अध्ययन अनुसन्धानले विश्वको विकसित सभ्यता रहेको पुष्टि भइसकेको जनाए ।
उनले कपिलवस्तुमा रहेको ऐतिहासिक एवम् पुरातत्विक सम्पदालाई सही ढंगले प्रचार प्रचार नभएको बताए। जुन देशले आफ्नो इतिहासप्रति गर्व गर्दैन त्यो देशको भविष्य नरहेको उनको भनाइ छ।
पुरातात्विक एवम् ऐतिहासिक रुपले महत्वपूर्ण रहेको कपिलवस्तुलाई ठिक ढंगले स्थापित गर्नुपर्ने उनले बताए। तिलौराकोट जस्ता सम्पदा विकासका आधार र आर्थिक केन्द्र रहेको बताउँदै उनले पर्यटनसँगै कृषि र उद्योगको विकास हुनु जरुरी रहेको धारणा राखेका छन् ।

 
                                                                   
                    
                








 
                     
                     
                     
                    
प्रतिक्रिया