काठमाडौं । नेपाल आयल निगमले इन्धकाे मूल्य घटाएको छ । निगमले शनिबार बिहान १ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको मूल्य ३ रुपैयाँ घटाएको हो ।
निगमका अनुसार इण्डियन आयल कर्पोेरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मूल्य घटाएको छ ।
नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजेल तथा मट्टितेल लिटरको १५७ रुपैयाँ पर्नेछ ।
प्रतिक्रिया