Logo

Breaking News 1

सभापतिबाट पार्टीका क्रियाकलाप सञ्चालन भएन भन्ने कुराको कुनै तुक छैन : डा. प्रकाशशरण महत


२९ मंसिर २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभापतिबाट पार्टीका क्रियाकलाप सञ्चालन भएन भन्ने कुराको कुनै तुक नभएको बताएका छन् ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले उदारताका साथ पार्टी चलाइरहेको बताए ।

उनले संस्थापनइतर पक्षका नेताहरुले देउवाबाट पार्टी सक्रिय नभएको भन्दै लगाएको आरोपमा सत्यता नभएको बताए ।

प्रवक्ता महतले पार्टीको निर्णयअनुसार नै विभाग र भ्रातृ संगठनहरुले पूर्णता पाइरहेको जिकिर गरे ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ५ : ०५ बजे