Logo

Breaking News 1

बिमा क्षेत्रको काम गर्ने तरिकामा आमूल परिवर्तन जरूरीः अर्थमन्त्री महत


२९ मंसिर २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिमा क्षेत्रको काम गर्ने तरिकामा आमूल परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित बिमा सर्भेयर संघ नेपाल (निसा) को संस्थापक सदस्य सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिमा क्षेत्रलाई नयाँ उचाइमा लैजानको लागि काम गर्ने तौरतरिकामा आमूल परिवर्तन गर्न जरुरी रहेको बताएका हुन् ।

उनले बिमा गरेपछि जोखिममा पर्यो भने त्यसबेला झमेला हुँदैन भन्ने विश्वास दिलाउन नसके बिमा क्षेत्रको विस्तार हुन नसक्ने टिप्पणी गरे । व्यावसायिकतालाई मध्यनजर गरेर काम गर्न अर्थमन्त्रीले आग्रहसमेत गरे ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १ : ०७ बजे