Logo

Breaking News 1

पूर्वमन्त्री खाणलाई धरौटीमा छाड्न आदेश



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत पाटनका प्रवक्ता उपरजिष्ट्रार  तीर्थराज भट्टराईले जानकारी दिएका छन् । गत असारमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न गरेको आदेशविरुद्ध खाणका तर्फबाट पुनरावेदन दायर भएको थियो ।

न्यायाधीश कोइरालाको इजलासमा खाणको निवेदनमाथि सुनुवाइ  भएको थियो । पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै पठाउने भन्नेबारे यसअघि संयुक्त इजलासमा दुई न्यायाधीशको राय बाझिएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

अदालतले गत असार १ गते १७ जनालाई थुनामा पठाएर ३ जनालाई धरौटी माग गरेको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ५ : ५० बजे