Logo

Breaking News 1

विद्युत खपत वृद्धि कार्ययोजना स्वीकृत गर्ने निर्णय



काठमाडौं । मन्त्रिपरिषद् बैठकले बिहीबार एउटा कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ भने दुई कर्मचारीलाई बढुवाको निर्णय गरेको छ । सरकारले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना २०८० स्वीकृत गर्ने निर्णय गरेको हो ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन ।

उनका अनुसार सरकारले नेपाल परराष्ट्र सेवा समूहीकरण विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव सेवा लम्साललाई र नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ५ : ३६ बजे