Logo

मुख्य समाचार

फोन बन्द गरेर कतारबाट भाग्दै हमासका नेताहरु



दोहा । गाजा क्षेत्रमा इजरायलले आक्रमणलाई तिव्र पारेपछि हमासका नेताहरु कतार छोड्न लागेका छन् ।
कतारमा असुरक्षित महसुस गर्दै पलायन भइरहेका नेताहरु कहाँ जादैछन् भन्ने अझै स्पष्ट नभएको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अरबी एक टेलिभिजन च्यानलका अनुसार मंगलबार साँझ धेरै हमास नेताहरूले आफ्नो फोन स्विच अफ गरेको बताएको छ । उनीहरmले सकैको फोन कल रिसिझ नगर्ने तथा कसैको जवाफ नफर्काएको बताइएको छ । उनीहरु कतारबाट अज्ञात स्थानमा गएको बताइएको छ ।

मंगलवार हमासका वरिष्ठ नेता सालेह अल–अरौरी लेबनानको राजधानी बेरुतमा रहेको आफ्नो घरबाट भागेर उनी टर्की गएको बताइएको छ । टर्कीले लामो समयदेखि हमास आतंककारीहरूलाई आश्रय र राहदानी प्रदान गर्दै आएको छ । यस्तो अवस्थामा हमास नेताहरू टर्की, कतार, लेबनान, सिरिया, इरान र युएईको राहदानीमा विदेश यात्रा गर्दै आएका छन् । टर्कि र कतारमा हमासको आफ्नै कार्यालयहरू पनि रहेका छन् ।

इजरायलले कतारलाई हमाससँग वार्ता जारी रहेसम्म आफ्ना नेतामाथि आक्रमण नगर्ने आश्वासन दिएको थियो । तर, वार्ता सकिएपछि इजरायलले आक्रमणका सम्बन्धमा कुनै वाचा गरेको छैन । अब इजरायल र हमासबीचको वार्ता सकिएको छ । यस्तो अवस्थामा इजरायलले छिट्टै उनीहरूलाई निशाना बनाउँछ कि भन्ने डर हमासलाई छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ९ : ०६ बजे