Logo

Breaking News 1

एनएसएलमा अंक तालिकाको पुछारमा रहेको वीरगन्जकाे पहिलो जित



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा अंक तालिकाको पुछारमा रहेको वीरगन्ज युनाइटेटले पहिलो जित निकालेको छ । बुधबार त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेलमा वीरगन्जले स्पोर्टिङ इलाम एफसीलाई २–१ गोलले हरायो । इन्ज्युरी समयमा गरेको पेनाल्टी गोलमा वीरगन्ज विजयी भएको हो ।

जितपछि ५ खेलबाट ५ अंक जोड्दै वीरगञ्ज आठौं स्थानमा उक्लेको छ । चितवन एफसीको समान ५ अंक भए पनि वीरगञ्ज हेड टु हेडमा पछि परेको हो । हारपछि ६ खेलबाट ४ अंक रहेको इलाम अन्तिम स्थानमा झरेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ७ : ५४ बजे