Logo

Breaking News 1

किर्ते कागजात प्रकरणमा वायुसेवा निगमका थप २ अधिकृत पक्राउ



काठमाडौं । अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ परेका छन् । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेकाे हाे ।

खड्कासँगै वायु सेवा निगमका कर्मचारी अविन्द्र यादवलाई पनि प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरिएको हाे । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीले भिजिट भिसामा जानेलाई रोक्न विशेष अपरेसन अभियान चलाएको छ । सो अभियानमा हालसम्म ३२ जना पक्राउ परेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १ : ०७ बजे