Logo

Breaking News 1

संसद्को कार्यवाहक महासचिवमा पाण्डेय नियुक्त



काठमाडौं । संघीय संसद्को कार्यवाहक महासचिवमा पदमप्रसाद पाण्डेय नियुक्त भएका छन् । उनलाई सभामुख देवराज घिमिरेले कार्यवाहक महासचिव तोकेको उनको सचिवालयले जनाएको छ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि पद रिक्त छ ।

सभामुखले राष्ट्रिय सभाका अध्यक्षको परामर्शमा प्रतिनिधिसभाका सचिव पाण्डेयलाई महासचिवको काम गर्न जिम्मेवारी तोकेका हुन् ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ११ : २४ बजे