Logo

Breaking News 1

कोशी प्रदेशका मुख्यमन्त्री सवार गाडीमाथि ढुंगामुढा



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि पहिचान पक्षधरले ढुंगामुढा गरेका छन् । झापाको दमकमा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै ढुंगामुढा गरेका हुन् ।

झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै ढुंगा प्रहार गरेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ४ : १४ बजे